स्याङ्जा १ मा बोधराजलाई भोट माग्दै कमेडियन विकास
स्याङ्जा | कात्तिक ६, २०७९
स्याङ्जा । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा लागेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार बोधराज रेग्मीको चुनावी प्रचारप्रसारमा देखिए । आगामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने विकास बताउँछन् । उनले भने, ‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ , स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७९ असार १७ गते रबि लामिछानेको नेतृत्वमा दर्ता भएको पार्टी हो । अहिले आक्रामक शैलीमा देशैभर चुनावी अभियानमा होमिएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

